कोरोना रोकथामका लागी दार्चुलामा प्रहरीले सक्रियता बढायो

कोरोना रोकथामका लागी दार्चुलामा प्रहरीले सक्रियता बढायो
Spread the love

दार्चुला, वैशाख १३ (ई-रैवार)

कोरोना रोकथामका लागी दार्चुलामा प्रहरीको जनचेतना मुलक सन्देशहरु प्रवाह गर्दै सक्रियता बढाएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाको नयाँ भेरियन्ट रोकथाम तथा नियन्त्रणका लागी नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले सयुक्त रुपमा दार्चुलाको सदरमुकाम खलंगा बजार क्षेत्रमा विभिन्न जनचेतना मुलक सन्देशहरु प्रवाह गरिरहेको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले जिल्ला सदरमुकाम खलंगाको बजार क्षेत्रमा कोरोनाबाट बच्न अपनाउनु पर्ने सावधानी तथा पालना गर्नु पर्ने स्वास्थ्यका मापदण्डहरुलाई पम्पलेट बनाई जनचेतना फैलाउने कार्य गरिरहेको छ ।

छिमेकी राष्ट्र भारतका विभिन्न शहरहरु तथा नेपालमा फैलिएको कोरोना र त्यसको असरका बारेमा नागरिकलाई जानकारी गराउदै स्वास्थ्यका मापदण्ड पुर्णरुपमा पालना गर्न प्रहरीले आग्रह गर्दै आइरहेको छ ।

प्रहरीले बजार क्षेत्रका व्यापरी, सर्वसाधारण, किनमेल गर्ने व्यक्ती तथा अनावश्यक रुपमा घुमिरहेका व्यक्तीहरुलाई मास्कको अनिवार्य प्रयोग गर्न तथा सामाजिक दुरी कायम गर्न बेला बेला आग्रह गर्दै आइरहेको छ । यति मात्रै नभएर कोरोनाबाट बच्ने उपाय र अपनाउनु पर्ने सावधानीका बारेमा माइकिङ्ग समेत प्रहरीले गरिहेको छ ।

अति आवश्यक काम बाहेक घरबाट बाहिर ननिस्कौँ, मास्कको अनिवार्य प्रयोग गरौँ, बेलाबेलामा साबुन पानीले मिचिमिचि हात सफा गरौंँ,सामाजिक दुरी कायम गरौँ लगायतका सन्देशहरु प्रवाह गरिहेको छ । प्रहरीले बिना मास्क बजारमा डुल्नेलाई कारबाही स्वरुप १ सय रुपैया जरिवाना गरी मास्क उपलब्ध गराई अनविार्य प्रयोग गर्न भन्दै आएको छ ।

यसअघि देखिएको कोरोना भन्दा कोरोनाको नयाँ भेरियन्ट बढी घातक भएको भन्दै नगरिकहरुलाई सचेत गराउन समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जनचेतना मुलक सन्देश प्रवाह गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।