मागेर नेतृत्व पाइदैन, च्यालेन्ज गर्ने कोही देख्दिन : सभापति देउवा

मागेर नेतृत्व पाइदैन, च्यालेन्ज गर्ने कोही देख्दिन : सभापति देउवा
Spread the love

 

काठमाडौं, साउन ११ (ई-रैवार)

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व मागेर नपाइने बताएका छन । आफूले पार्टीभित्र निरन्तर साढे २ दशक संघर्ष गरेपछि मात्रै सभापति भएको स्मरण गर्दै देउवाले ‘पार्टी भित्र आफूलाई च्यालेन्ज’ महसुस नभएको बताएका हुन ।

केहीदिन अघि नेपाली कांग्रेसको कोभिड १९ अनुगमन समिति र केही युवा नेताहरुसंगको भेटमा देउवाले सभापतिबाट आफूलाई हटाउन चाहनेले च्यालेन्ज गरेर कार्यकर्ताको मन जित्नुपर्ने बताउनुभएको हो । ‘मैले सभापति त्यसै पाएको होइन । गिरिजाबाबु जस्तो नेतासंग निरन्तर च्यालेन्ज गरेर कायकर्ता रिझाएर पाएको हो । मसंग सभापति खोस्नेले पनि च्यालेन्ज गर्नुपर्यो, मागेर नेतृत्व हस्तान्तरण हुँदैन ।’, सभापति देउवाको भनाई छ ।

भेटमा सहभागि एक युवा नेताले सभापति देउवाको भनाई स्वभाविक भएको बताए । पार्टीभित्र देउवाको आलोचना हुनेगरेपनि विकल्प सहित कोही नआएकोले देउवालाई चुनौतीको महसुस भएको छैन । ‘पार्टीभित्र प्रतिस्पर्धाबाटै नेतृत्व फेरिने हो । सभापति देउवालाई फेर्न चाहनेले विधि अनुसार नै चुनौती दिनुपर्छ भन्ने कुरा अन्यथा होइन ।’। ती नेताले भने ।