धनगढी, जेठ ९ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालमा आज थप १२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरीएको कोरोना परीक्षणमा १२९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार ५ सय ६५ जनाको स्वाब परीक्षणगर्दा १२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र ४ सय ३६ जनाको रिपोट नेगेटिभ आएको छ । धनगढी उपमहानगर पलिकाका ८ जना र कैलालीका १२१ जनामा कोरोना संक्रमण देखिएको हो ।
प्रादेशिक अस्पतालमा ८२ जनाको उपचार भईरहेको जनाएको छ । अस्पतालमा आइसीयुमा १२ जना रहेकोका छन् । ७० जना अक्सिजन सर्पोटमा उपचार भईरहेको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ३० जना कोरोनामुक्त भएका छन् भने थप १४ जना अस्पतालमा भर्ना भएका छन् ।
सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ५ जनाको उपचारकै क्रममा मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन् ।


