देउवा निवास बुढानिलकण्ठमा तीन दलका शीर्ष नेताबीच छलफल जारी

देउवा निवास बुढानिलकण्ठमा तीन दलका शीर्ष नेताबीच छलफल जारी
?????????????????????????????????????????????????????????
Spread the love

काठमाडौँ, वैशाख ३१ (ई-रैवार) 

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा तीन दलका शीर्ष नेताबीच छलफल जारी रहेको छ। सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच शुक्रबार छलफल जारी रहेको हो।

जसपाका एक नेताले दिएको जानकारी अनुसार करिब एक घण्टादेखि नेताहरूबीच छलफल जारी छ। बिहान ११ बजेदेखि जारी बैठकमा कांग्रेस शीर्षस्थ नेता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ,प्रवक्ता नारायणकाजी श्रेष्ठ, पम्फा भुषाल, पूर्वसभामुख ओन्सरी घर्ती मगर र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव रहेको सुरक्षा स्रोतले पुष्टि गरेको छ ।

‘तत्काल केपी शर्मा ओलीलाई प्रधानमन्त्री हटाउन नसके पनि सहकार्यलाई जारी राख्नेबारे छलफल भएको हो,’ एक नेताले भने। विपक्षी दलहरूले वैकल्पिक सरकार बनाउने तयारी गरे पनि बिहीबार असफल भएका थिए।

गठबन्धन सरकार बनाउन चुकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ (३) अनुसार पुनः नियुक्त भइसकेका छन् । शपथको तयारी भइरहेको छ । उता, विपक्षी गठबन्धन मोर्चा कसेरै छलफल आरम्भ गरेको हो ।

संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री भएका ओलीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्छ। गत सोमबार प्रतिनिधि सभामा ओलीले विश्वासको मत लिन सकेका थिएनन्।