काठमाडौँ, जेठ २५ (ई-रैवार)
नेपालमा आज थप ५१५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६५ पीसीआर परीक्षणमा ३८७० र ५६११ एन्टिजेन परीक्षणमा १२८३ जनागरी कुल ५१५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ८३६, झापामा ३१८, ललितपुरमा २६९, कास्कीमा २२०, मोरङमा १९१, सुनसरीमा १७१, भक्तपुरमा १२१, कैलालीमा १२०,मकवानपुरमा १०६ र सुर्खेतमा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पाल्पामा ९५, चितवनमा ८४, सर्लाहीमा ८२, रूपन्देहीमा ६८, दाङमा ६५, नुवाकोटमा ६२, दोलखामा ६०, सिन्धुलीमा ५२, गोरखामा ४९, काभ्रेपलाञ्चोकमा ४६, धादिङमा ४५, सिरहा र रसुवामा ४०/४० जना कोरोना संक्रमित थपिएका छन् ।
तनहुँमा ३७, सिन्धुपाल्चोकमा 33, रोल्पामा २९, सप्तरीमा २६, बैतडीमा २५, कञ्चनपुरमा २४, महोत्तरीमा २३, डोटीमा २२, कपिलवस्तुमा १९, नवलपरासी पूर्व, बाँकेमा १२ तथा धनकुटा, रौतहट, रामेछाप र दैलेखमा ११/११ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै ओखलढुंगा, र अछाममा ९/९ जना, बारा, अर्घाखाँची, गुल्मी र जुम्लामा ८/८ जना, इलाम, उदयपुर र बर्दियामा ७/७ जना, भोजपुर र पर्सामा ५/५ जना, सोलुखुम्बु र कालिकोटमा ४/४ जना, तेह्रथुममा ३, खोटाङ,ताप्लेजुङ, संखुवासभा, प्युठान र रूकुम पश्चिममा २/२ जना तथा पाँचथर र सल्यानमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै १० वर्षमुनिका १०५ बाबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ११ हजार ३०८ पुगेको छ । पछिल्लो २४ घण्टामा ६५७० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा ५ लाख ४५ हजार ३० जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणमुक्त हुने दर बढेर ८४.७ प्रतिशत पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ रहेको छ । सक्रिय संक्रमितमध्ये ७६ हजार ५५० जना होम आइसोलेसनमा, ६ हजार १८६ जना संस्थागत आइसोलेशनमा, १ हजार ३२१ जना आईसीयूमा र ३७२ जना भेन्टिलेटरमा रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण १०८ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणबाट हालसम्म ८०९८ जनाको मृत्यु भएको छ । नेपालमा मृत्यु हुने दर १.६ प्रतिशत रहेको छ ।


