सुदूरपश्चिम प्रदेशमा आइतबार १७६ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा आइतबार १७६ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु
Spread the love

धनगढी, जेठ २३  (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा आइतबार थप १ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशका ५ वटा प्रयोगशालामा ५०७ नमुना पीसीआर र ४ वटा सीमानाकामा ८ सय ८३ नमूना ऐन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि हो ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ३३७ जनाको नमूना परीक्षण गर्दा ३५ जना, महाकाली अस्पतालमा १६ जनाको नमुना परीक्षण गर्दा ६ जना, बैतडी अस्पतालमा ९५ जनाको नमूना परीक्षण गर्दा २७ जना, बझाङ अस्पतालमा ३४ जनाको नमूना परीक्षण गर्दा ९ जना र अछामको कमलबजार प्रोगशालामा २५ जनाको परिक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ३० जनाले कोरोना जितेका छन । सुदूरपश्चिम प्रदेशमा हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट २ लाख ३६ हजार ६१९ नमूना परीक्षण गर्दा ४१ हजार ३०२ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये ३० हजार ८ सय ४२ जनाले कोरोना जितेका छन ।

आइतबार कोरोना संक्रमणबाट सुदूरपश्चिममा ९ जनाको मृत्यु भएको छ । जसमा कैलाली, कञ्चनपुर, डोटीका २/२ जना, अछाम, बाजुरा र बैतडीका १/१ जना रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ३७ पुगेको छ ।