माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दै
Spread the love

काठमाडौँ, वैशाख ३० (ई-रैवार)

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्न लागेको छ। स्थायी कमिटी बैठक ५ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो।

स्थायी कमिटी सदस्य गणेश साहले दिएको जानकारीअनुसार नयाँ सरकार गठनबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर फर्किएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका हुन्।

देउवा निवास बूढानीलकण्ठमा भएको भेटवार्ता बहुमतको सरकार गठनका लागि राष्ट्रपतिसमक्ष निवेदन पेस गर्ने सहमति भएको छ। दुई नेताबीचको भेटवार्तामा राष्ट्रपतिले तोकेको समय सीमाभित्र नयाँ सरकार गठनका लागि समयमै दलको दावी पेश गर्नेबारे छलफल भएको थियो ।

संविधानको धारा ७६ को २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन केही घन्टामात्रै बाँकी रहेका बेला संसदको तेस्रो ठूलो दल माओवादी केन्द्रको बैठक बस्न लागेको हो।