धनगढी जेठ २५(ई-रैवार)
हिमानी ट्रष्ट काठमाण्डौले धनगढी उप–महानगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । ट्रष्टका स्वंसेवकहरुले धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।
ट्रष्टले १ सय थान पिपीई, २ हजार ५ सय थान सर्जिकल मास्क, २ हजार ५ सय थान ग्लोब्स, १ लाख बराबरको सावुन, १ लाख बराबरको पानी हस्तान्तरण गरेका हुन ।
नगरप्रमुख नृपबहादुर वडले आपतकालिक अवस्थामा सहयोग गरेको भन्दै हिमानी ट्रष्ट धन्यवाद दिए । प्राप्त स्वास्थ्य सामाग्री आवश्यकताका आधारमा प्रयोग गरिने नगरप्रमुख वडले बताए ।


