नेपालमा आज ६०८५ जनामा कोरोना सक्रमण पुष्टि, ६८ जनाको मृत्यु

Spread the love

काठमाडौँ, जेठ १८ (ई-रैवार)

नेपालमा आज थप ६०८५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । देशभर १ लाख ४ हजार ७८९ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६८९८ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ६८ जनाको मृत्यु भएको छ । देशभर कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७४५४ पुगेको छ ।