देशभर आज ८९६० जनामा कोरोना संक्रमण पुष्टि, २१४ जनाको मृत्यु

देशभर आज ८९६० जनामा कोरोना संक्रमण पुष्टि, २१४ जनाको मृत्यु
Spread the love

काठमाडौँ, वैशाख ३० (ई-रैवार) 

देशभर आज थप ८ हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १९ हजार ४७४ जना र एन्टिजेन विधिबाट ७७१ जनाको परीक्षण गर्दा ८ हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २७३३, रूपन्देहीमा ५११, ललितपुरमा ४८१, कैलालीमा ३७०, मोरङमा ३५८ र भक्तपुरमा ३४८‍ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै चितवनमा २९३, झापामा २५८, बाँकेमा २५२, कास्कीमा २३७, दाङमा २१७, धनुषामा २०४, कञ्चनपुरमा १८२, काभ्रेपलाञ्चोकमा १६०, सुर्खेतमा १५९, सल्यानमा १४३ र नवलपरासी पूर्वमा १२९ जना संक्रमित थपिएका छन् ।

यस्तै पर्सामा ९९, सप्तरी र गोरखामा ९२/९२ जना, बैतडीमा ८९, महोत्तरीमा ८५, धादिङमा ७८, सिन्धुपाल्चोक ७४, रामेछापमा ६७, रौतहटमा ६६, रोल्पामा ६३, पाल्पामा ६२ र कपिलवस्तुमा ५३ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै अछाममा ४९, सिन्धुलीमा ४५, रूकुम पश्‍चिममा ४२, डडेल्धुरामा ३८, नवलपरासी पश्‍चिममा ३५, दैलेखमा ३४, नुवाकोट र तनहुँमा ३१/३१ जना, अर्घाखाँचीमा २६, प्युठान र कालिकोटमा २४/२४ तथा उदयपुर, सर्लाही र सिरहामा २३/२३ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै स्याङ्जामा २२, बारामा २१, ताप्लेजुङमा १८, धनकुटामा १७, जुम्लामा १४, गुल्मी र डोटीमा १३/१३ जना, रसुवा र लमजुङमा ११/११ जना, भोजपुरमा १०, इलाम र बागलुङमा ८/८ जना, मकवानपुरमा ६, जाजरकोटमा ५, दार्चुलामा ४ तथा पर्वत र म्‍याग्दीमा ५/५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै दोलखामा ७ र ओलखढुंगा, खोटाङ, पाँचथर,डोल्पा, हुम्ला र बझाङमा २/२ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै ९ वर्षमुनिका २०८ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष उमेर समूहका ६२५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ। देशभर आजसक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु भएको छ । देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ४६६ पुगेको छ ।

यसअघि बुधबार देशभर ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको थियो भने १६८ को मृत्यु भएको थियो ।