आज मेघगर्जन, चट्याङ्गसहित भारी वर्षा हुन सक्ने, यस्तो छ मौसम पूर्वानुमान

आज मेघगर्जन, चट्याङ्गसहित भारी वर्षा हुन सक्ने, यस्तो छ मौसम पूर्वानुमान
A pedestrian walks with an umbrella as lightning strikes during an evening thunderstorm in Jammu on May 14, 2015. AFP PHOTO / RAKESH BAKSHI (Photo credit should read rakesh bakshi/AFP/Getty Images)
Spread the love

काठमाडौँ, वैशाख २९ (ई-रैवार) 

आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ्गसहित भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ्गसहित भारी वर्षा हुन सक्ने जनाएको हो ।

हाल देशका सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश तथा प्रदेश नं १ का केही भू-भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । बाँकी भू-भागहरुमा सामान्य देखि पूर्ण बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी शुक्रबारसम्म नै वर्षाको सम्भावना रहेको महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

आगामी तीन दिनको पूर्वानुमान यस्तो छ

वैशाख २९ गते (बुधबार)

दिउँसो:   प्रदेश नं १, प्रदेश नं २ लगायत अन्य पहाडी भू-भागहरुमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १, प्रदेश नं २,गण्डकी प्रदेश र वाग्मती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशका अधिकांश भू-भागहरुमा सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम  वर्षाको सम्भावना रहेको छ ।  प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका तराइका भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

वैशाख ३० गते (बिहीबार)

दिउँसो:  देशभर सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति : देशका पहाडी भू-भागहरुमा सामान्य बदली र बाँकी भू-भागहरुमा आंशिक बदली रही  प्रदेश नं १ का साथै अन्य पहाडी भू-भागका  थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

वैशाख ३१ गते (शुक्रबार)

दिउँसो:  प्रदेश नं १, प्रदेश नं २ र अन्य पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहने छ र बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति : देशका पहाडी भू-भागहरुमा सामान्य बदली र बाँकी भू-भागहरुमा आंशिक बदली रही प्रदेश नं १ का साथै अन्य पहाडी भू-भागका  थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।