सामाजिक कार्यकर्ता खड्काको शंकास्पद निधन

सामाजिक कार्यकर्ता खड्काको शंकास्पद निधन
Spread the love

डोटी असोज २० (ई–रैवार)

बडीकेदार गाउँपालिकामा एकजना सामाजिक कार्यकर्ताको शंकास्पद निधन भएको छ । आदर्श गाउँपालिका–१ बाँझककानीका विनोद खड्काको मंगलबार बिहान निधन भएको हो ।

उनी केदार ग्रामीण विकास समाज नेपालको सहजीकरणमा बडीकेदार गाउँपालिकामा सञ्चालनमा रहेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत थिए ।

मंगलबार बिहान ५ बजे बडिकेदार गाउँपालिका–१ विपिनगर बजारबाट मोटरसाईकलमा गाउँपालिका केन्द्र रहेको खड्यौलीतर्फ हिडेको सहकर्मीहरुले जनाएका छन् । त्यसरी हिडेका उनलाई आठबजेतिर बडीकेदार गाउँपालिकाका कर्मचारी तिलम साउँदले बजारभन्दा दुईकिलोमिटर गोलेचौडमा बेहोस अवस्थामा फेला परेका थिए ।

त्यसपछि उद्धार गरेर विपिनगर स्वास्थ्य चौकीमा ल्याईएको थियो । जहाँ उपचार सम्भव नभएपछि गाउँपालिकाको एम्वुलेन्समा धनगढी पठाईएको थियो । धनगढी नपु–याउदै उनको बाटोमा निधन भएको छ ।

ईलाका प्रहरी कार्यालय विपिनगरका इन्चार्ज प्रहरी निरीक्षक लालबहादुर ऐरका अनुसार उनी सवार से ५ प २६३१ नम्बरको मोटरसाइकल सडकमा ढलेको अवस्थामा फेला परेको छ । मोटरसाइकलनमा कुनै पनि क्षती नभएको र खड्काको शरीरमा चोटपटक समेत देखिएको छैन् । घटना के कति कारणले भएको हो ? भन्ने बारे अनुसनधान पछि मात्रै भन्न सकिने उनले बताए ।

मृतक खड्को शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटी ल्याउदै गरेको आफन्तले जनाएका छन् ।