काठमाडौं, वैशाख २१ (ई-रैवार)
नेकपा (माओवादी) केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । माओवादी केन्द्रले पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बैठक स्थायी कमिटीको बैठक बोलाएको हो ।
माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देव गुरूङले सामाजिक दूरी कायम गर्दै पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बैठक बस्न लागेको जानकारी दिए ।
“मुलुकमा विकसित पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न अनौपचारिक बैठक बस्न लागेको हो,” गुरूङले भने । माओवादी केन्द्रले अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न अनौपचारिक बैठक बोलाएको नेताहरूले बोलाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसद्मामा विश्वासको मत लिने भएका छन् । उनले सदनमा विश्वासको साथै पार्टीको अबस्था पनि परीक्षण गर्न लागेको नेताहरूले बताएका छन् ।


