रोकियो नेपाल-खनाल समूहका सांसदको राजीनामा, संसद् बैठकमा सहभागी नहुने

रोकियो नेपाल-खनाल समूहका सांसदको राजीनामा, संसद् बैठकमा सहभागी नहुने
Spread the love

काठमाडौँ, वैशाख २७ (ई-रैवार)  

नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने भएका छन् । एमाले नेता भीम रावलले पार्टीका २२ सांसद आजको बैठकमा सहभागी नहुने बताएका हुन ।

सिंहदरबारमा सोमबार बसेको नेपाल–खनाल समूहका सांसदहरुको बैठकले सांसद पदबाट राजीनामा नदिने बरु संसदको बैठकमा सहभागी नहुने निर्णय गरेको एमाले नेता भिम रावलले जानकारी दिए ।

बैठकपछि नेता भीम रावलका अनुसार केपी शर्मा ओलीलाई अहिले मत नदिँदा नै प्रयाप्त हुने बताए । प्रतिनिधि सभा बैठक अघि सिंहदरबारमा बसेको नेपाल–खनाल निकट सांसदहरुको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको नेता रावलले जानकारी दिए ।

‘आफूले विश्वासको मत लिने एक दिनमात्र बाँकी रहँदा संवैधानिक परिषद बैठक बोलाएर स्वेच्छाचारी नियुक्ति गर्ने ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर बनाउने, राजनीतिक स्थिरतालाई कमजोर हुने हुदा बैठकमा उपस्थित नुहने निर्णय गरेका छौ’ रावलले भने ।

त्यस्तै रावलले अध्यक्ष केपी शर्मा ओलीले लगाएको ह्वीप नै अवैधानिक भएको भन्दै त्यस्तो ह्वीको कुनै अर्थ नभएको पनि माधव समुहको निष्कर्ष छ । राजीनामा दिने कि अनुपस्थित हुने भन्नेबारे नेपाल–खनाल पक्षका सांसदहरू आज सिंहदरबारमा छलफलमा जुटेका थिए।