नेपालमा आज २९१८ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति संक्रमित थपिए ?

Spread the love

काठमाण्डौँ, जेठ ३१ (ई-रैवार)

नेपालमा आज थप २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३९६, झापामा १६०, ललितपुरमा १४५, मोरङमा ११५, चितवनमा १०८ र सुनसरीमा १०६ , नुवाकोटमा ८५, काभ्रेपलाञ्चोकमा ८४, कास्कीमा ८१, भक्तपुरमा ६६ , रुपन्देहीमा ५६, मकवानपुरमा ५२, नवलपरासी पूर्वमा ५० जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै रुपन्देहीमा ५६, धनुषामा ४०, दोलखामा ३४, गोरखामा ३१, धादिङमा २८, पाल्पामा २६, दाङमा २७, अछाममा २३, सप्तरीमा २२, उदयपुर र सिन्धुलीमा २१/२१ जनामा, जुम्लामा १४, सोलुखुम्बु, रौतहट र रामेछापमा ११/११ जना, पर्सा र रसुवामा १०/१० जना,कञ्चनपुरमा ९, महोत्तरी, गुल्मी र नवलपरासी पश्चिममा ८/८ जना, बारा र सर्लाहीमा ७/७ जनामा कोरोना संक्रमण देखिएको छ ।

तनहुँ, अर्घाखाँची र बर्दिया ६/६ जना, संखुवासभा, सिरहा, म्याग्दी, बागलुङ, कपिलवस्तु र सल्यानमा ५/५ जना, इलाम, धनकुटा, बाँके र रुकुम पश्चिममा ४/४ जना, तेह्रथुम, लमजुङ, रोल्पा, कालिकोट, कञ्चनपुर, कैलाली र बैतडीमा ३/३ जना, ओखलढुंगा, पर्वत, स्याङजा, प्युठान र जाजरकोटमा २/२ जना तथा रुकुम पश्चिम, दैलेख, सुर्खेत र बझाङमा १/१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्षमुनिका ६४ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख १० हजार ५२१ पुगेको छ । हाल देशभर ६५ हजार ८०४ सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ६१ हजार १२२ जना होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा भर्ना हुनेको संख्या ४ हजार ६८२ रहेको छ । जसमध्ये ९९५ जना आईसीयूमा र ३२४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा  पछिल्लो २४ घण्टामा ५१४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ३६ हजार २५२ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५३ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको छ।