जसपाका १२० जनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय (सूचीसहित)

जसपाका १२० जनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय (सूचीसहित)
Spread the love

काठमाडौं, वैशाख १५ (ई-रैवार) 

सरकारले १५ मुद्दासँग सम्बद्ध १२० जनाको मुद्दा फिर्ता लिएको छ । सरकारले मधेस, थरुहट आन्दोलनका क्रममा लगाइएको सरकारवादी १५ मुद्दासँग सम्बद्ध १२० जनाको मुद्दा फिर्ता लिएको हो ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुद्धा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए । नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरु फिर्ता लिनेसम्बन्धी निर्देशिका २०७७ बमोजिम मुद्दा फिर्ता लिइएको भन्दै उनले भने, ‘यो राजनीतिक निर्णय पनि हो ।’

जनता समाजवादी पार्टी (जसपा) सँगको सहमतिका आधारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मुद्दा फिर्ता लिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भएको सम्वादअनुसार जसपाले मुद्दा फिर्ताका लागि २२४ जना प्रतिवादी रहेको २६ वटा मुद्दाको सूचि बुझाएको थियो ।

मधेश, थारु लगायतका विभिन्न आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता हुनुपर्ने मागलाई जनता समाजवादी पार्टीले एक मुख्य राजनीतिक एजेण्डा बनाउँदै आएको थियो । जसपाले सरकारलाई मुद्दा फिर्ताको आग्रह गदै २०७ जनाको सूचि गृहमन्त्रालयमा बुझाएको थियो । तीमध्ये १२० जनाको मुद्दा फिर्ता भएको हो ।

जनता समाजवादी पार्टीले मधेस र थारुहट आन्दोलनका क्रममा आफ्ना नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिन माग गर्दै आएको थियो । सोही अनुसार सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेको बताइएको छ ।