कञ्चनपुर, वैशाख १५ (ई-रैवार)
कञ्चनपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालका अनुसार भीमदत्त नगरपालिका १९ का ३५ बर्षिय पुरुषको मृत्यु भएको हो ।
महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा.गोविन्द रोकायाले कञ्चनपुरको जीवनरेखा सुधारगृहमा राखीएका भीमदत्त नगरपालिका १९ का ३५ बर्षिय पुरुषको मृत्यु भएको बताए ।
उनलाई स्वास्थ्यमा समस्या भएपछी उपचारका क्रममा भरोसाका फर्मेसीमा मंगलबार मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्युपछी स्वाव परिक्षण गरिएकोमा उनको रिर्पोट आज पोजेटीभ आएको महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. रोकायाले जानकारी दिए ।


