नेपालमा आज ४ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज ४ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि
Spread the love

काठमाडौं, वैशाख १५ (ई-रैवार) 

नेपालमा आज थप ४ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ​८७९ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ७७४ र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा १२३ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकामा थप २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ । भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौंमा १ हजार ४६४ जनागरी २ हजार ४७ संक्रमित थपिएका छन्।

योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या ३ लाख १२ हजार ८ सय २२ पुगेको छ। देशभर सक्रिय संक्रमित संख्या ३० हजार २ सय ९ रहेको छ। कोरोनाबाट निको हुनेको दर ८९.३ प्रतिशत छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७७३ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या २ लाख ७९ हजार २७९ पुगेको छ। आज देशभर ५४ जना क्वारेन्टिनमा छन्।  ३१७ आइसियू र ५८ जना भेन्टिलेटरमा उपचारत छन्।