कांग्रेस पदाधिकारी बैठक आज बस्दै

कांग्रेस पदाधिकारी बैठक आज बस्दै
Spread the love

काठमाडौं, वैशाख १२ (ई-रैवार) 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो दुई बजे बस्दैछ । सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएको हो ।

कांग्रेसका पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलका अनुसार बैठक १४ औं महाधिवेशन तयारी र केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा तय गर्ने विषयमा केन्द्रित हुनेछ । कांग्रेसले सोमबार दिउँसो दुई बजेका लागि केन्द्रीय कार्यमसिति बैठक बोलाएको हो ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, रिक्त भएको राष्ट्रिय सभाको एक सिटमा हुने उप-निर्वाचन र केन्द्र र प्रदेश सत्ता समीकरण लगायतका विषयमा छलफल हुने बताइएको छ ।