नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु

नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु
Spread the love

काठमाडौं, वैशाख १२ (ई-रैवार) 

नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । शीर्ष नेताहरुबीच छलफललगत्तै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आकस्मिक बैठक बसेको हो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले आजै बोलाएको महाधिवेशन आयोजक समितिको बैठककालागि एजेन्डा तय गर्न बैठक बसिरहेको नेकपाका एक नेताले बताए ।

बैठकमा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका २७ सांसदको थप कारबाहीको प्रक्रिया अघि बढ्न सक्ने आँकलन गरिएको छ। आजको बैठकले नेपाल समूहलाई कारबाही गर्ने नेताहरुले बताएका छन् । प्रधानमन्त्री ओलीले संघ र प्रदेशका ३२ सांसदलाई स्पष्टिकरण सोधेका थिए।

शुक्रबार पनि महाधिवेशन आयोजक कमिटीको बैठक बसेको थियो । बैठकले स्थायी कमिटी पुनर्गठन, कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने चार सांसदलाई कारबाही, नेताहरुको कार्यविभाजनलगायत निर्णय गरेको थियो ।

पछिल्लो पटक प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भेटघाट भएको थियो। वार्ता फलदायी हुन सकेको छैन।