काठमाडौं, वैशाख १० (ई-रैवार)
नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज (शुक्रबार)बस्दैछ । पार्टी विभाजनको डिलमा पुगेका बेलमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ११ बजे एमाले बैठक बस्न लागेको हो ।
बैठकअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव नेपाल र वामदेव गौतमसँग छुट्टाछुट्टै भेटवार्ता गरे पनि विवाद थप उग्र बनेको छ । वार्ता सफल नभएपछि बैठकमा खनाल नेपाल र गौतम पक्ष सहभागी नुहने बुझिएको छ । ओलीसँग विहीबार भएको भेटमा नेपाल र गौतमले बैठकमा नआउने बताइसकेका थिए ।
आजको बैठकलाई बैशाख ६ गतेको बैठकको निरन्तरताका रुपमा हेरिएको छ । साथै आजको बैठकमा पार्टीको साङ्गठानिक र राजनीतिक प्रतिवेदनमाथि पनि छलफल हुने बुझिएको छ ।
बैशाख ६ गतको बैठकले खनाल नेपाल पक्षीय प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
जसमध्ये खनाल नेपालसहित केही सांसदले स्पष्टीकरण पनि बुझाइसकेका छन् । एमाले संसदीय दल प्रमुख सचेतक विशाल भट्टराईले उनीहरुले बुझाएको स्पष्टीकरणलाई विश्लेषण गरेर थप कारबाही अगाडी बढाइने बताएका थिए ।
यस्तै एमाले नेता कर्ण थापाले आजको बैठकबाट खनाल नेपाल पक्षमाथि थप कारबाही हुने बताए । त्यसका लागि तयारी भइरहेको उनको भनाइ छ । रातोपाटीबाट


