धनगढी, भदौ २० (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा थप ६९ जना कोरोना संक्रमण मुक्त भएका छन् । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस ब्रिफिङमा थप ६९ जना कोरोना संक्रमण मुक्त भएको बताएका हुन ।
स्वास्थ्य महाशाखा प्रमुख कार्कीले शुक्रवार अछामबाट ३५, बझाङबाट २६, कैलालीबाट १० र डोटीबाट ३ जनालाई डिस्चार्ज गरिएको जानकारी दिएका छन ।यो संगै प्रदेशमा ५ हजार १ सय ११ संक्रमितले कोरोना जितेका छन् ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका १ हजार ३ सय ४६ जना, डोटीका ८ सय ६४, अछामका पनि ८ सय ४८, कञ्चनपुरका ६ सय ३५ जना संक्रमित निको निको भएर घर फर्किएका छन् ।
यस्तै बाजुराका ४ सय ४२ जना, बैतडीका ३ सय २५, डडेल्धुराका २ सय ९९, बझाङका २ सय ८५ जना र दार्चुलाका ४१ जना संक्रमित पनि डिस्चार्ज भएर घर फर्किएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा शुक्रवारसम्म कोरोना संक्रमितको संख्या ६ हजार १ सय नाघेको छ। संक्रमण पुष्टि भएका १४ जना संक्रमितको मृत्यु भईसकेको छ ।


