कलकत्तामा १३ तले भवनमा आगलागी हुँदा ९ को मृत्यु

कलकत्तामा १३ तले भवनमा आगलागी हुँदा ९ को मृत्यु
Spread the love

एजेन्सी, फागुन २५ (ई-रैवार)

भारतको कलकत्तामा सोमबार साँझ आगलागी भएको छ। भारतको कलकत्तामा इस्ट्रन रेलवेजको कार्यालय रहेको १३ तले भवनमा सोमबार साँझ आगलागी भएको हो ।

आगलागीमा परी ९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार जना फायर फाइटर्स, १ जना प्रहरी, १ जना रेलवे  प्रोटेक्सन फोर्सका जवान र एक जना रेल कर्मचारी छन्। मृत्यु भएका दुई जनाको पहिचान खुल्न सकेको छैन। उनीहरूको शरीर जलेर नचिनिने भएपछि पहिचान खुल्न गाह्रो भएको  टाइम्स अफ इन्डियाले जनाएको छ।

मृत्यु भएकाहरू लिफ्टमा ११ तलासम्म गएको र त्यहाँ धुँवाले निस्सासिएको बुझिएको छ। भवनको बाह्रौं तलामा आगलागी भएको थियो। उक्त भवनमा इस्ट्रन रेलवेजको टिकट रिजर्भेसन, सञ्चार र सिंग्नलिङको कार्यालय थियो। आगलागीको कारण अझै थाहा नभइसकेको प्रहरीले जनाएको छ।