काठमाडौँ, असार २० (ई–रैवार)
भारतमा पछिल्लो २४ घण्टामा थप ४३ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार २७औँ दिन हो ।
दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा भारतमा पछिल्लो २४ घण्टामा त्यहाँ ४३ हजार २९६ जनामा संक्रमण भएको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ५ लाख ४४ हजार ४८५ पुगेको छ । भारतमा अहिले ४ लाख ९२ हजार ३०१ जना संक्रिय संक्रमित रहेका छन् ।
भारतमा पछिल्लो २४ घण्टामा ९४७ कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख २ हजार १५ पुगेको छ ।


