शिखर नगरपालिकामा एक जनाको मृत्यु भएपछि गाउँ सिल

शिखर नगरपालिकामा एक जनाको मृत्यु भएपछि गाउँ सिल
SONY DSC
Spread the love

डोटी, वैशाख १४ (ई-रैवार) 

शिखर नगरपालिका डोटीको तेछाडा गाउँ सिल गरिएको छ । कोरोनाका कारण एक युवतीको मृत्यु भएको हुनसक्ने भन्दै उक्त गाउँ सिल गरिएको हो ।

शिखर नगरपालिका १ का वडाअध्यक्ष खडकबहादुर शाहीका अनुसार केही दिन पहिले छिमेकी मुलुक भारतबाट कामगरी गाउँ फर्किएकी २८ वर्षीया जानकी नागरिकको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु भएको हुनसक्ने भन्दै उक्त गाउँ सिल गरिएको हो ।

वडाअध्यक्ष शाहीले एक विज्ञप्ति प्रकाशितगरी तेछाडा गाउँको पूर्व तीरको गणेश नेगीको पसल, पश्चिम ढल्कना, उत्तरतीर चौपाता पिपल तथा दक्षिणतीर धौल्याल खोलासम्म सिल गरिएको जनाइएको छ ।

यसैगरी तेछाडा गाउँबाट अर्को गाउँ जान तथा अर्को गाउँबाट उक्त गाउँमा आवत जावत गर्नमा बैसाख २० गतेसम्म बन्देज गरिएको छ ।

जिल्लामा पछिल्लो समय भारतबाट रोजगारीगरी घर फर्किएका नागरिक आउने क्रम बढ्न थालेको छ । उनीहरु क्वारेन्टिन  नबसि सिधै गाउँ जानथालेका कारण गाउँमा कोरोना सङ्क्रमण बढ्ने भन्दै स्थानीयमा त्रास फैलिएको छ ।

पछिल्लो समय रोजगारी गरी भारतबाट जिल्लामा एक हजारभन्दा बढी नागरिक घर फर्किएको बताइएको छ । स्वदेश फर्किएका नागरिकहरु परीक्षणबिनै घर पुगेका छन् ।