काग्रेस नेता महरद्वारा डडेल्धुरा अस्पताललाई २० लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

Spread the love

डडेल्धुरा,  असार १६ (ई–रैवार)

कांग्रेसका युवा नेता एवं नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरले डडेल्धुरा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

नेपाली कांग्रेसका युवा नेता एवं नेविसंघका पूर्व अध्यक्ष महरले बुधबार डडेल्धुरा अस्पताललाई २० लाख बराबरको अक्सिजन सिलिन्डर लगायत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

नेविसंघका पूर्व अध्यक्ष महरले अस्पताल समितीका अध्यक्ष करुणाकर ओझालाई अक्सिजन सिलिन्डर लगायत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको अस्पतालले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरामा रहेको उपक्षेत्रिय अस्पताललाई कोरोना महामारीमा उपचारमा सहज होस भनेर मानवताको रुपमा आफ्नो सम्पर्कमा रहेका संघसंस्था, ब्यक्तिहरुको सहयोगमा अक्सिजन सिलिन्डर लगायत स्वास्थ्य सामाग्री सहयोग गरिएको नेता महरले बताएका छन् ।

अझै कोभिडको नयाँ प्रकारका भेरियन्ट फैलिरहेको हुँदा कोभिड भ्याक्सिन नेपाली जनतामा तत्कालै पुग्ने अवस्था नभएकोले स्वास्थ्य सामाग्री आवश्यक रहेको नेता महरले बताए । उक्त हस्तान्तरण कार्यक्रममा गन्यापधुरा गाउँपालिका अध्यक्ष नवल बहादुर मल्ल, नेपाली काङ्ग्रेस डडेल्धुरा नेता, कार्यकर्ता सहभागी रहेका थिए ।