धनगढी, कार्तिक २७ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशका बिहिबार थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा ६ सय ६९ जनाको परीक्षण गर्दागरीएको परीक्षणमा ६७ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २ सय ७२ जनाको परीक्षण गर्दा थप ४८ जनामा संक्रमण पुष्टि भएको हो । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका २८ जनामा संक्रमण देखिएको जानकारी दिए ।
सूचना अधिकारी श्रेष्ठका अनुसार उपमहानगरपालिकाको वडा नम्बर ४ का ७ जना, वडा नम्बर २ र ५ का ३/३ जना, वडा नम्बर १ का २ जना, वडा नम्ब ८, ११ र १८ का १/१ का जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यसैगरी ठेगाना नखुलेका धनगढीका १० जनामा पनि संक्रमण पुष्टि भएको छ ।
कैलालीकै लम्किचुहा नगरपालिकाका ३ जना, टीकापुर नगरपालिका, घोडाघोडी नगरपालिका, जोशीपुर गाउँपालिका, गोदावरी नगरपालिकाका १/१ जना र ठेगाना नखुलेका २ जनामा समेत कोरोना पुष्टि भएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, बेल्डानी गाउँपालिका र बेदकोट नगरपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।यस्तै प्रयोगशालामा सुदूरपश्चिम बाहिर ठेगाना भएका सुर्खेत र रुपन्देहीका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
यस्तै उता डडेल्धुरा अस्पतालको प्रयोशालामा ८ जना, बझाङ जिल्ला अस्पतालको प्रयोगशालामा ५ जना, बैतडी जिल्ला अस्पतालको प्रयोगशालामा ३ जना, अछामको कमलबजार प्रयोगशालामा ३ जनामा कोरोना पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० हजार ७ सय ७८ पुगेको छ । प्रदेशभर संक्रमण पुष्टि भएका ८ हजार ७ हजार ३८ जनाले कोरोना जितेका छन् भने ४४ जनाको मृत्यु भएको छ ।


