कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, मृतक संख्या ११ सय ८ पुग्यो

कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, मृतक संख्या ११ सय ८ पुग्यो
Spread the love

काठमाडौं, कार्तिक २३ (ई-रैवार)

कोरोना भाइरसको संक्रमणबाट देशभर आज थप २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २१ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ८ पुगेको छ ।

शनिबार देशभर कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको थियो । शुक्रबार १८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।