नेपालमा थप २ हजार ८ सय १७ जनामा कोरोना पुष्टि, २ हजार ८ सय १२ जना डिस्चार्ज

नेपालमा थप २ हजार ८ सय १७ जनामा कोरोना पुष्टि, २ हजार ८ सय १२ जना डिस्चार्ज
Spread the love

काठमाडौं, कार्तिक २३ (ई-रैवार)

नेपालमा आज थप २ हजार ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३ सय ११ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १ हजार ५ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा १ हजार २ सय ९४, भक्तपुरमा ७७ र ललितपुरमा १ सय ६२ जना रहेका छन् ।

त्यस्तै मोरङमा १५५, चितवनमा १५२, दाङमा ९८, कास्की र नवलपरासी पूर्व ८४/८४, सुनसरीमा ७३, रुपन्देहीमा ६९, बाँकेमा ६८, झापामा ५६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कैलालीमा २९, धनुषामा २७, तनहुँमा २२, सिन्धुपाल्चोकमा २१, काभ्रे र लमजुङमा १८/१८, मकवानपुरमा १७, सप्तरीमा १६, धादिङमा १५, दोलखा र सिन्धुलीमा १४, पाल्पा र बर्दियामा १३/१३ र कञ्चनपुरमा १२ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

उदयपुर, सिराहा, कपिलवस्तु, नलवपरासी र बझाङमा ९/९ जना, तेह्रथुम, गोरखा, पर्वत र अर्घाखाँचीमा ८/८ जना, बारा र सुर्खेतमा ७/७, पर्सा, स्याङ्जा र सल्यानमा ६/६ र इलाम, खोटाङ, सर्लाही, नुवाकोट, रामेछाप, म्याग्दी, गुल्मी र अछाममा ५/५ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पाँचथर, मुस्ताङ र रुकुम पश्चिममा ४/४ जना, ओखलढुंगा, भोजपुर, धनकुटा र संखुवासभा, बाग्लुङ, रोल्पा र डडेल्धुरामा ३/३ जना, सोलुखुम्बु, महोत्तरी, रौतहट, प्युठान र दैलेखमा २/२ जना र ताप्लेजुङ, रुकुम पूर्व, जुम्ला र बाजुरामा १/१ जना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार  योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय १९ रहेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ८ सय १२ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म १ लाख ५७ हजार ९ सय २७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ८१ दशमलव १ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १५ लाख ४० हजार ७७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसनमा ६ हजार २ सय २२ जना र होम आइसोलेसनमा २९ हजार १ सय ९७ जना रहेका छन् । आजसम्म देशभर एक हजार १ सय ४९  जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ८२  जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३ सय ९८ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।