प्रधानमन्त्री ओलीले नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्ने

प्रधानमन्त्री ओलीले नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्ने
Spread the love

काठमाडौं जेठ ६ (ई-रैवार)
प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा विश्वासको मत नलिने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा आफूले विश्वासको मत नलिने, धारा ७६(५) अनुसारको गठनका लागि मार्ग प्रशस्त गरिदिने बताएको कानुन न्याय तथा संसदीय मामिलामन्त्री लिला श्रेष्ठले जानकारी दिए ।
“प्रधानमन्त्रील सदनमा विश्वासको मत प्राप्त नहुने हुँदा संविधानको धारा ७६(५) अनुसार सरकार गठन गर्न राष्ट्रपतिलाई सिफारिस गर्छु भन्नुभयो,” श्रेष्ठले भने ।