डोटी, कार्तिक ११ (ई-रैवार)
डोटीका एक व्यापारी अकस्मात् बिरामी परेपछि जहाज चार्टर गरेर कैलालीको धनगढी लगिएको छ । दिपायल सिलगढी नगरपालिका–६ बस्ने अन्दाजी ८१ वर्षीय व्यापारी तथा समाजसेवी चन्द्रराज जोशी अकस्मात् बिरामी परेपछि जहाज चार्टर गरेर धनगढी लगिएको हो ।
एक घण्टाभित्र राम्रो अस्पतालमा नपुर्याए बिरामीको ज्यानमा खतरा हुन सक्ने भनी जिल्ला अस्पतालका चिकित्सकले सल्लाह दिएपछि जोशीलाई जहाज चार्टर गरेर पठाइएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरीक्षक धर्मानन्द जोशीका अनुसार आज बिहान एक्कासि बिरामी परेका जोशीलाई समिट एअरलाइन्सको जहाजबाट १ लाख ५० हजारमा चार्टर गरेर उपचारका लागि कैलाली लगिएको हो ।


