माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतबार बस्ने

Spread the love

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतबार बस्ने भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटीको बैठकले राष्ट्रिय सम्मेलनअघि आइतबार बिहान केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार केन्द्रीय कमिटी बैठकले राष्ट्रिय सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्ने राजनीतिक प्रतिवेदन पारित गर्ने छ ।

त्यस्तै, बैठकले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको अन्तिम टुंगो लगाएको र छुटेका प्रतिनिधिको नाम पेस गर्न प्रदेश कमिटीलाई जिम्मा दिइएको माओवादी केन्द्रका प्रवक्ता महराले बताए ।

राष्ट्रिय सम्मेलन आइतबार दिउँसो १ बजे उद्घाटन हुने प्रवक्ता महराले जानकारी दिए । यही पुस ११ र १२ गते काठमाडौंको प्रज्ञा भवनमा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन हुने तय छ ।