बर्दिया, कार्तिक ११ (ई-रैवार)
बाघको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा परी दुई जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार बाघको आक्रमणमापरी मधुवन– ३ बस्ने २७ वर्षीय दिनेश थारु र २६ वर्षीय रमेश चौधरीको मृत्यु भएको हो ।
धनौराको बेलझुण्डी सामुदायिक वनमा थारु बाख्रा चराउन गएको र उनी घर नफर्किएपछि खोज्दै जाँदा चौधरीलाई समेत बाघले आक्रमण गरेको नायब उपरीक्षक खड्काले जानकारी दिए ।


