नेपालमा थप १ हजार ४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि, ४ सय ५७ जना डिस्चार्ज

नेपालमा थप १ हजार ४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि, ४ सय ५७ जना डिस्चार्ज
Spread the love

काठमाडौं, असोज ८ (ई–रैवार)

नेपालमा थप १ हजार ४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ४ सय ९७ जनामा कोरोना संक्रमण भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ६ सय ९, चितवनमा १ सय ३७, ललितपुरमा ९५, रुपन्देहीमा ८६, मोरङमा ७३, बाँकेमा ५३, भक्तपुरमा ५१ जना, कैलालीमा ४५ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै बर्दियामा २४, पर्सा, सिराहामा २३, मकवानपुरमा २१, तनहुँमा १७, सप्तरीमा १६, नवलपरासी पूर्व र नवलपरासीमा १४–१४, सुनसरीमा १३, ओखलढुंगा, काभ्रेपलाञ्चोक, बाग्लुङमा १२–१२, धनुषा र बैतडीमा १०–१०, गोरखा र दाङमा ९–९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नुवाकोट, कास्की र स्याङ्जामा ८–८, बारा, पर्वत र प्युठानमा ६–६, सिन्धुलीमा ५, झापा, महोत्तरी, रौतहट, धादिङ, गुल्मी, पाल्पा, सल्यान, कञ्चनपुर र डोटीमा ४–४, संखुवासभा, दोलखा, अर्घाखाँची र सुर्खेतमा ३–३ जना, उदयपुर, लमजुङ, कपिलवस्तु, दैलेखमा २–२, भोजपुर, सर्लाही, रामेछाप, अछाम, डडेल्धुरा र दार्चुलामा १–१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ६९ हजार ३ सय १ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ रहेको छ ।

पछिल्लो २४ घण्टामा ४ सय ५७ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ५० हजार ४ सय ११ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ दशमलव ७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख ५५ हजार ९ सय २३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ८ हजार ६ सय १४ जना र होम आइसोलेसनमा ९ हजार ८ सय २३ जना रहेका छन् । आजसम्म देशभर ६ हजार ५ सय ६५ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर २८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २ सय ३२ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

मंगलबार कोरोना भाइरसका एक हजार ३ सय ५६ संक्रमित थपिएका छन् भने ८ सय २६ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा कमी आउँदै मंगलबा २ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

बुधबार कोरोना भाइरसका एक हजार १ सय ७२ संक्रमित थपिएका छन् भने एक हजार ८ सय ९३ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट बुधबार थप सात जनाको मृत्यु भएको थियो ।