डडेल्धुरा, कात्तिक १ (ई-रैवार)
डडेल्धुरा अस्पताल प्रयोगशालामा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय २८ नमुना परीक्षण गर्दा १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
डडेल्धुरा अस्पताल परिक्षण प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालका अनुसार डडेल्धुराको नवदर्गाका गाउँपालीकाका ३ जना, पर्शुराम नगरपालिकाका २ जना, र आलीताल गाउँपालीकाका १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
दार्चुलाको मार्मा गाउँपालीकाका ३ जना, बैतडीका पाटन नगरपालिकाका ४ र पञ्चेरश्वर गाउँपालीकाका १ जनामा कोरोना संक्रमण पुष्टी भएको योगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालले जाकारी दिएका छन ।



