सडक भासिएपछि साँफेबगर–मार्तडी खण्ड अवरुद्ध

Spread the love

बाजुरा, असार २५ (ई-रैवार)

वाजुरामा सडक भासिएपछि साँफेवगर–मार्तडी खण्ड तीन दिनदेखि अवरुद्ध भएको छ। मंगलबार बाजुराको द्वारी भन्ने ठाउँमा एक सय मिटरजति सडकको सतह भासिएपछि सडक अवरुद्ध भएको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रले बताए।

सडक फेरि सञ्चालनका लागि कृही दिन समय लाग्ने देखिएको छ । बाटो खुलाउन छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी गैह्रले बताए।
सडकको माथि वस्ती र तल नदी रहेकोले प्राविधिकसँग छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी गैह्रले बताए। सडक अवरुद्ध हुँदा आवत–जावत र उपभोग्य सरसामान ढुवानीमा समस्या भएको स्थानियले वताएका छन ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह बिहीबार प्रभावित स्थानको निरीक्षणका लागि पुगेका छन । प्रदेश सरकारबाट सो सडक मर्मतका लागि आवश्यक बजेटको व्यवस्था गर्ने मन्त्री शाहले बताए ।