सुदूरपश्चिम प्रदेशका थप ७७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार ५११ पुग्यो

सुदूरपश्चिम प्रदेशका थप ७७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार ५११ पुग्यो
Spread the love

धनगढी, असोज ३० (ई-रैवार)

सुदूरपश्चिम प्रदेशका आज थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ४ वटा प्रयोगशालामा नमुना परीक्षण गर्दा ७४ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालमा पछिल्लो ६ सय ३७ जनाको परीक्षण गरिएकोमा कैलालीका ४३ र कञ्चनपुरका ४ जनामा संक्रमण पुष्टि भएको छ ।अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका मात्र ३६ जनामा संक्रमण पुष्टि भएको बताए ।

धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का ५ जना, वडा नम्बर २, ३ र ५ का ३/३ जना, वडा नम्बर ४ र ८ का २/२ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए । यस्तै वडा नम्बर नखुलेका १६ जना, त्यसैगरी वडा नम्बर ७ र १३ का १/१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

यस्तै कैलालीकै गोदावरी नगरपालिकाका ३ जना, लम्किचुहा नगरपालिका–३ का १ जना र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण पुष्टि भएको छ ।कञ्चनपुरको भीमदत्त नगरपालिका ३ जना र पुर्नरवास नगरपालिका– ३ का १ जनामा पनि संक्रमण देखिएको सेती अस्पतालले जनाएको छ ।

बझाङ अस्पतालमा पछिल्लो २४ घण्टामा  १ सय १  जनाको स्वाब परीक्षण भएकोमा १८ नयाँ संक्रमित थपिएका छन । संक्रमण पुष्टि हुनेमा थालारा गाउपालिकाका ६ जना, खप्तडछान्ना गाउपालिकाका ५जना, छबिसपाथाभारी गाउपालिकाका २  जना, जयपृथ्वि गाउपालिका र केदारस्यू गाउपालिकाका १/१ जना र सायल प्राथमीक स्वास्थ्य केन्द्रका २ जनामा कोरोना पुष्टि भएको  छ ।

डडेल्धुरा अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ६२ नमुना परीक्षण गर्दा डडेल्धुराका ६ र दार्चुलाका ३ जनामा कोरोना पुष्टि भएको हो । डडेल्धुरा अस्पताल परिक्षण प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालका अनुसार डडेल्धुराको अमरगढी नगरपालिका ३ जना, जिल्ला प्रहरी कार्यालयमा कार्यरत २ जना, आलिताल गाउपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै दार्चुलाको महाकाली नगरपालिका ३ जनामा पनि सङ्क्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज भूषालले जानकारी दिए ।

कमल बजार प्रयोगशालामा गरीएको परीक्षणमा ५ जनामा कोरोना पुष्टि भएको छ ।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ८ हजार ५ सय ११  पुगेको छ । संक्रमण पुष्टि भएका ७ हजार २ सयले कोरोना जितेका छन भने १९ जना संक्रमितको मृत्यु भएको छ ।