डोटी, असोज २८ (ई-रैवार)
डोटी जिल्ला अस्पतालको प्रयोगशालामा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ७९ जनाको स्वाव परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख दिपेन्द्र राज मिश्रका अनुसार डोटीको दिपाष्यल सिलगढी नगरपालिका वाड नम्बर ४ का १ जना, वाड नम्बर ६ का ३ जना, वाड नम्बर ९ का १ जना र शिखर नगरपालिका वाड नम्बर ३ का १ जनागरि ७ जनमा कोरोना संक्रमण पुष्टी भएको हो ।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले अछामको साफेबगर नगरपालिकाको बयलपाटाका २ जनामा कोरोना पुष्टि भएको बताए ।
डोटीमा सक्रिय संकमितको संख्या ५५ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख मिश्रले बताएका छन ।



