कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु, मृतकको संख्या ६ सय ६३ पुग्यो

कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु, मृतकको संख्या ६ सय ६३ पुग्यो
Spread the love

काठमाडौं, असोज २७ (ई-रैवार)

कोरोना भाइरसको संक्रमणबाट नेपालमा आज  थप १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १८ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ६३ पुगेको छ ।

सोमबार देशभर कोरोना संक्रमणबाट ९ जना र आइतबार देशभर कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको थियो ।