नेपालमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना पुष्टि, १५ सय ३ जना डिस्चार्ज

नेपालमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना पुष्टि, १५ सय ३ जना डिस्चार्ज
Spread the love

काठमाडौं, असोज २७ (ई-रैवार)

नेपालमा आज थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा नमुना १५ हजार ५ सय ७७ नमुना परीक्षण गर्दा ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ७८ हजार ७ सय ८० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६८ दशमलव ३ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १५ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १२ लाख ७ हजार ९१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १५ हजार ४८ जना र होम आइसोलेसनमा २० हजार ८ सय ६७ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ७ सय ९५ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३ सय ७ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

आइतबार देशभर २ हजार ७१ कोरोना संक्रमित थपिएका थिए भने एक हजार ५ सय ५२ जना डिस्चार्ज भएका थिए । त्यसैगरी आइतबार देशभर २२ जनाको मृत्यु भएको थियो ।

सोमबार देशभर ४ हजार ४७ कोरोना संक्रमित थपिएका थिए भने एक हजार ४ सय ७३ जना डिस्चार्ज भएका थिए । शनिबार कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको थयो ।