काठमाडौं, असोज २६ (ई-रैवार)
नेपालमा आज थप ४ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १४ हजार ५ सय ३० नमुना परीक्षण गर्दा १ हजार ५ सय ६५ महिला र २ हजार ४ सय ८२ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २ हजार २ सय ८३ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १ हजार ८ सय ८८, ललितपुरका २ सय ७७ र भक्तपुरका १ सय १८ जना छन् ।
मोरङका २ सय २३ जना, सुनसरीका २ सय ४९, रुपन्देहीका १ सय २५, सुर्खेतका १ सय १, काभ्रेका ९०, चितवनका ७७, कास्कीका ७६, मकवानपुरका ७५, झापाका ७१, नवलपुर र कैलाली ६५/६५ जना, बाँकेका ४५, तनहुँका ३७, प्युठान र बर्दिया २६/२६ जना, धनुषा र सिन्धुपाल्चोकका २५/२५ जना, नवलपरासीका २४, सप्तरी र लमजुङ २१/२१ जना, कञ्चनपुरका १८, पर्साका १७, रामेछाप र पाल्पाका १४/१४ जना, रौतहट, दाङ र दैलेख १३/१३ जना, धादिङ र बैतडीका १२/१२ जना तथा बारा, सिराहा, नुवाकोट र स्याङ्जाका ११/११ जनामा कोरोना संक्रमण देखिएको छ ।
गुल्मीका १० जना, जुम्लाका ९, महोत्तरी, सर्लाही, बाग्लुङ, अर्घाखाँची र कपिलवस्तुका ८/८ जना, दोलखाका ७, रसुवा, डडेलधुरा र दार्चुलाका ६/६ जना, इलामका ५, हुम्ला र बझाङका ४/४ जना, गोरखा, सल्यान र अछामका ३/३ जना, उदयपुर, ओखलढुंगा, खोटाङ, पाँचथर, रोल्पा २/२ जना तथा तेह्रथुम, धनकुटा, भोजपुर, सिन्धुली, पर्वत, मुस्ताङ, म्याग्दी, डोटी र बाजुरामा १/१ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यससँगै कुल संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० रहेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७३ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ७७ हजार २ सय ७७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव १ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १४ हजार ५ सय ३० जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ११ लाख ९१ हजार ५ सय १४ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन १३ हजार ९ सय २३ जना र होम आइसोलेसनमा १९ हजार ९५७ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ८ सय ३१ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ६७ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २ सय ७९ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
आइतबार देशभर २ हजार ७१ कोरोना संक्रमित थपिएका थिए भने एक हजार ५ सय ५२ जना डिस्चार्ज भएका थिए । त्यसैगरी आइतबार देशभर २२ जनाको मृत्यु भएको थियो ।


