डडेलधुरा अस्पतालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

डडेलधुरा अस्पतालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि
Spread the love

डडेलधुरा, असोज २६ (ई-रैवार) 

डडेलधुरा अस्पतालको प्रयोगशालामा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेलधुरा अस्पतालको प्रयोगशालामा ६७ जनाको नमुना परीक्षण गर्दा ९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले दिएको जानकारी अनुसार कोरोना  संक्रमण मध्ये ७ जना बैतडीको पाटन नगर पालिकाका र २ जना डडेल्धुराको परशुराम नगरपालिका –५ का रहेका छन् ।