काठमाडाैं, असोज २१ (ई-रैवार)
कोरोना संक्रमणबाट आज थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १५ जनाको मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ५ महिला र १० पुरुष गरी १५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ । यो कुल संक्रमित संख्याको शून्य दशमलव ६१ प्रतिशत रहेको छ ।
मंगलबार देशभर ९ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो । सोमबार देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।



