प्रधानमन्त्री ओलीले भोलि देशवासीलाई सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले भोलि देशवासीलाई सम्बोधन गर्ने
Spread the love

काठमाडौं, चैत्र ३१ (ई-रैवार) 

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशको नाममा सम्बोधन गर्ने भएका छन् । नयाँ वर्षको अवसर पारेर मुलुकको पछिल्लो राजनीतिक तथा आर्थिक र देशको समग्र अवस्थाका बारेमा देशबासीका नाममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे सम्बोधन गर्ने तयारी भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

सम्बोधनका क्रममा उनले जनतालाई नयाँ वर्षको शुभकामना दिने र सरकारले हासिल गरेको उपलब्धीको बारेमा जानकारी गराउने कार्यक्रम छ । ‘नयाँ वर्षको शुभकामना दिने गरी प्रधानमन्त्रीले सम्बोधन गर्दै हुनुहुन्छ’, प्रवक्ता  गुरुङले भने ।