नेपालमा थप १ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ५७ डिस्चार्ज

नेपालमा थप १ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ५७ डिस्चार्ज
Spread the love

काठमाडौं, असोज १४ (ई-रैवार)

नेपालमा आज थप १ हजार ५ सय ५९ जनामा  कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार २ सय ५ नमुना परीक्षण गर्दा ५ सय ८२ महिला र ९ सय ७७ पुरुषगरी १ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ९सय २ जना कोरोना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६ सय ९७ जना, ललितपुरका १ सय १२ र भक्तपुरका ९३ जना छन् ।

यस्तै मोरङका ९८ जना, रुपन्देहीका ७०, चितवनका ६२, नवलपुरका ४५, सुर्खेतका ४१, सुनसरी र मकवानपुरका ३८/३८ जना, बाँकेका २७, कैलालीका २३, झापाका १९, पर्साका १७, कास्कीका १६, गोरखाका १५, महोत्तरीका ११, बारा र बर्दियाका १०/१० जना र काभ्रेका ९ जनामा संक्रमण पुष्टि भएको छ ।

धादिङ र डोटीका ८/८ जना, सप्तरीका ७, सिन्धुपाल्चोक, पाल्पा र कञ्चनपुरका ६/६ जना, तनहुँ, दाङ र दैलेखका ५/५ जना, कालीकोटका ४ जना, दोलखा, नुवाकोट, सिन्धुली, स्याङ्जा र प्युठानका ३/३ जना, सर्लाही, सिराहा, रामेछाप, लमजुङ, बाग्लुङ, कपिलवस्तु, रोल्पा, जुम्ला, हुम्ला, अछाम र डडेलधुराका २/२ जना तथा उदयपुर, ताप्लेजुङ, भोजपुर, संखुवासभा, धनुषा, पर्वत, म्याग्दी, गुल्मी, नवलपरासी, सल्यान र बझाङका १/१ जनामा कोरोना संक्रमण देखिएको छ ।

यससँगै कुल संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको छ । उनीहरुमध्ये ४ सय ९८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र १ हजार ५७ जना संक्रमणमुक्त भएका छन् । अहिले सम्म ५६ हजार ४ सय २८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ दशमलव ५ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २० हजार ८ सय ९१ रहेको छ ।  उनीहरुमध्ये १० हजार ८ सय ४ होम र १० हजार ८७ संस्थागत आइसोलेसन र होम आइसोलेसनमा १० हजार ८ सय ४ जना रहेका छन् । आजसम्म देशभर ५ हजार ४ सय २८ जना क्‍वारेन्टिनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार २ सय ५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १० लाख २१ हजार ५ सय ३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभर ३० कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २ सय  १ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।

मंगलबार देशभरबाट १ हजार ५ सय १३ कोरोना भाइरस संक्रमित थपिएका छन् भने ७ सय ३१ जना डिस्चार्ज भएका छन् । सोमबार कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको थियो ।