नेपालमा थप १ हजार ५ सय ५१ जना कोरोना संक्रमण पुष्टि, २३ सय ४० जना डिस्चार्ज

नेपालमा थप १ हजार ५ सय ५१ जना कोरोना संक्रमण पुष्टि, २३ सय ४० जना डिस्चार्ज
Spread the love

काठमाडौं, असोज २० (ई-रैवार) 

नेपालमा आज थप १ हजार ५ सय ५१ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा ५ सय ९ महिला र १ हजार ४२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १ हजार  १७ जनामा संक्रमण पुष्टि भएको छ, जसमा काठमाडौं जिल्लामा ७ सय ८३, ललितपुरमा १ सय १८ र भक्तपुरमा १ सय १६ जना छन् ।

यस्तै रुपन्देहीका ९६ जना, चितवनका ८१, दाङका ३४, मोरङका २७, काभ्रेका २४, गोरखा र कैलालीका २०/२० जना, सुनसरीका १९, महोत्तरीका १५, नवलपुरका १३, धनुषाका १२, सिराहा र कालीकोटका १०/१० जनामा संक्रमण देखिएको छ ।

सर्लाही र दैलेखका ७/७ जना, रौतहट र मकवानपुरका ६/६ जना, धादिङ, नुवाकोट, स्याङ्जा र बैतडीका ५/५ जना, झापा, रुकुम पश्तिम र कञ्चनपुरका ४/४ जना, उदयपुर र सिन्धुपाल्चोकका ३/३ जना, इलाम, धनकुटा, पर्सा, बारा, सप्तरी, रामेछाप, सिन्धुली, कास्की, तनहुँ, अर्घाखाँची, कपिलवस्तु, गुल्मी र रोल्पाका २/२ जना तथा खोटाङ, ताप्लेजुङ, दोलखा, म्याग्दी, लजमुङ, बाग्लुङ, सुर्खेत, डडेलधुरा, डोटी र बझाङका १/१ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार  यस सँगै संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २२ हजार ७ सय ९ रहेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ३ सय ४० जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ६७ हजार ५ सय  ४२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार ४७ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १० लाख ९९ हजार २ सय  ७६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ९ हजार १ सय  १८ जना र होम आइसोलेसनमा १३ हजार ५ सय  ९१ जना रहेका छन् । आजसम्म देशभर ४ हजार २ सय  २१ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ४० जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २ सय  ४३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

शनिबार दुई हजार १ सय २० कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार ४४ जना डिस्चार्ज भएका थिए । त्यसैगरी शनिबार कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको थियो ।

आइतबार देशभर दुई हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एक हजार ३ सय २९ जना डिस्चार्ज भएका छन् । त्यसैगरी आइतबार कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको थियो ।

सोमबार देशभर दुई हजार ४ सय ४० कोरोना भाइरस संक्रमित थपिएका छन् भने एक हजार १ सय ३३ जना डिस्चार्ज भएका छन् । त्यसैगरी सोमबार कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ ।