राप्रपाले असोज २१ गतेभित्र जिल्लामा समायोजन सम्पन्न गर्ने

राप्रपाले असोज २१ गतेभित्र जिल्लामा समायोजन सम्पन्न गर्ने
Spread the love

काठमाडौं, असोज १५ (ई-रैवार) 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय सदस्यहरुलाई आ–आफ्ना जिल्लाहरुमा पार्टी समायोजनको कामलाई पूर्णता दिन निर्देशन दिएको छ ।

राप्रपाको सचिवालय कार्यव्यवस्था समितिको बिहीबार बसेको बैठकले असोज २१ गतेभित्रै आ–आफ्ना जिल्लाहरुमा पार्टी समायोजनको कामलाई पूर्णता दिन निर्देशन केन्द्रीय केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएको हो ।

अध्यक्ष पशुपति शमशेर राणाको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय सदस्यहरुलाई पार्टी समायोजनको काम तोकिएको अवधिभित्रै गरिसक्न निर्देशन दिएको वरिष्ठ नेता विक्रम पाण्डेले जानकारी दिए ।

राप्रपाले यसअघि नै असोज २१ गतेभित्रै पार्टीको समाउोजन प्रक्रियालाई अन्तिम रुप दिन जिल्ला कार्यसमितिहरुलाई परिपत्र गरेको थियो । सोही परिपत्रअनुसार बैठकले सम्बन्धित जिल्लाका केन्द्रीय सदस्यहरुलाई समायोजन सम्पन्न गर्न निर्देशन दिएको उनले बताए ।

उनले बिहीबारको बैठकमा निरञ्जन थापाको संयोजकत्वमा गठित अन्तरिम विधान मस्यौदा समितिले पेश गरेको विधानको खाकामाथि छलफल भएको छ ।

विधान मस्यौदा समितिले तयार गरेको खाकामा आवश्यक संशोधन गरेर सोमबार बस्ने सचिवालय कार्यव्यवस्था समितिको बैठकमा फेरि छलफल हुने नेता पाण्डेले जानकारी दिए ।