धनगढी उप–महानगरपालिकाद्वारा ३ हजार ६ सय ९९ को पिसिआर परीक्षण

धनगढी उप–महानगरपालिकाद्वारा ३ हजार ६ सय ९९ को पिसिआर परीक्षण
Spread the love

धनगढी, ११ असोज

धनगढी उप–महानगरपालिकाले  ३ हजार ६ सय ९९ जनाको पिसिआर परीक्षण गरेको छ । उप–महानगरपालिकाले आईतबार सम्म लक्षण देखिएका र कन्ट्राक्ट ट्रेसिङ्गका आधारमा ३ हजार ६ सय ९९ जनाको पिसिआर परीक्षण गरेको हो ।

धनगढी उप–महानगरपालिका नगरप्रमुख नृपबहादुर वडले नगर क्षेत्रमा ट्राभल हिस्ट्री नभएका ब्यक्तिमा कोरोना संक्रमण देखिए पछि एक महिना देखि समुदायमै क्याम्प राखेर पिसिआर परीक्षण गरिरहेको बताएका छन ।

नगरप्रमुख वडले बिभिन्न वडामा स्वावको नमुना संकलनका लागि क्याम्प संचालन गरिएको बताए । आईतवार मात्रै बाशुदेवी मावि रघुनगरमा क्याम्प राखेर ५० जनाको स्वाव संकलन गरिएको नगरप्मुख वडले बताए ।

स्वाव दिनेहरुमा संक्रमित भेटिएका परिवारका सदस्य, प्रत्यक्ष सम्पर्कमा आएका ब्यक्तिहरु नै बढी भएको स्वास्थ्य शाखाका अधिकृत लक्ष्मीराज उपाध्यायले बताए । उनले भने, क्याम्पमा कोरोना पोजेटिभ रहेकाहरुको फलोअप परीक्षणका लागि स्वाव संकलन गर्ने काम पनि भैरहेको छ ।

धनगढीमा अहिले सम्म ५ सय ७१ जनामा कोरोनाको संक्रमण रहेको अहेव दिपक सुनारले बताए । उनले भने जसमध्य १ सय ८९ महिला र ३ सय ८२ पुरुष संक्रमित छन् ।

कोरोना संक्रमितहरु सक्रिय केश  १ सय १ जना छन् । अहिले सम्म ४ सय ६८ जनालाई निको भएको उप–महानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । अहिले सम्म धनगढीमा २ जनाको कोरोनाका कारण मृत्यू भैसकेको छ ।