मन्त्रिपरिषद्‌ निर्णय : के–के हुन् २२ निर्णय ?

मन्त्रिपरिषद्‌ निर्णय : के–के हुन् २२ निर्णय ?
sf7df8f}F, @ ebf} M ;~rf/ tyf ;""rgfk|ljlw dGqfnodf dªunaf/ cfof]lht kqsf/ ;Dd]ngdf @)&& ebf} ! ut] a;]sf] dlGqkl/ifbsf lg0f{o ;fj{hlgs ub}{ cy{ / ;~rf/ tyf ;""rgf k|ljlwdGqL 8f o''j/fh vltj8f . t:jL/ M rGb|snf If]qL, /f;;
Spread the love

 

काठमाडौं, भदौ ११ (ई-रैवार)

भदौ ९ गते बसेको मन्त्रिपरिषद्‌ बैठकले विभिन्‍न निर्णयहरु गरेको छ । उक्त निर्णय बिहीबार सरकारका प्रवक्तासमेत रहेका अर्थ र सञ्‍चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले सार्वजनिक गरेका हुन् ।

भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू  :

१. नेपाल न्याय सेवा, सरकारी वकिल समूह, राजपत्रांकित प्रथम श्रेणीको सहसचिव वा सो सरहको सहन्यायाधिवक्ता पदमा श्री ज्ञानप्रसाद भुसाललाई नियुक्त गरी उच्च सरकारी वकिलको कार्यालय, धनकुटामा पदस्थापन गर्ने ।

२. कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष -आईएफएडीबाट करिब ११ अर्ब ६५ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने ।

३.उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव श्री बलराम रिज्याललाई विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशककोसमेत काम गर्ने गरी तोक्ने ।

४. विद्युतीय माध्यमद्वारा सञ्चालन गरिने व्यापार ई बिजिनेस सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने ।

५. प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरणमार्फत् पठाइएका कार्यक्रमहरूको प्राविधिक कार्य सञ्चालन प्रक्रिया, रिपोर्टिङ तथा तथ्यांक व्यवस्थापनका सर्तहरू पारित गर्ने ।

६. श्रीलंकाद्वारा आयोजना गरिने २१ औं बिमस्टेक सिनियर अफिसियल्स मिटिङमा नेपालको तर्फबाट सहभागी हुन परराष्ट्र सचिवको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल गठन गर्ने ।

७. नेपालले भर्चुअल माध्यमबाट आयोजना गर्ने सार्क मन्त्रिपरिषद्को अनौपचारिक बैठकमा माननीय परराष्ट्र मन्त्रीको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल गठन गर्ने ।

८. सडक डिभिजन, चन्द्रनिगाहपुर रौतहटको कार्यक्षेत्रभित्र सर्लाही जिल्लाको एकादशी खोलामा निर्माण भइरहेको पुलको एप्रोच सडक -पहुँच मार्गमा पर्ने कुल ११ घर टहराहरुलाई मुआब्जा तथा क्षतिपूर्ति दिने र सम्बन्धित डिभिजन प्रमुखलाई प्रारम्भिक कारबाई चलाउने अधिकारी तोक्न स्वीकृति प्रदान गर्ने ।

९. त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पस, पुल्चोक ललितपुरलाई बि.ई. एरोस्पेशमा नयाँ थप कार्यक्रम अध्ययन अध्यापन गराउन अस्थायी स्वीकृति प्रदान गर्ने ।

१०. नेपाली सेनाका प्रमुख सेनानी सरोजकुमार अधिकारीसमेत तीन प्रमुख सेनानीहरूको बढुवा गरी पदस्थापन गर्ने र महासेनानी दिपेशजंग शाहसमेत १२ महासेनानीहरूको सरुवा गर्ने ।

११. नेपाली सेनाका प्राविधिक प्रमुख सेनानी सुमित्रा मुलेपतीलाई प्राविधिक महासेनानी दर्जामा बढुवा गरी पदस्थापन गर्ने ।

१२. आ.व. २०७७–०७८ का लागि वन तथा वातावरण मन्त्रालय अन्तर्गतका आयोजना तथा कार्यक्रमहरुका लागि राजपत्रांकित श्रेणीको ४५ अस्थायी दरबन्दी सिर्जना गर्ने ।

१३. माई बेनी जलविद्युत आयोजना (९.५१ मे.वा. ) को हेडरेस, सेटलिङ बेसिन र पेनस्टक लगायतका संरचनाहरु निर्माण गर्न इलाम नगरपालिका–६ स्थित राष्ट्रिय वन क्षेत्रको ४.७७ हेक्टर जग्गा ३० वर्षसम्म प्रयोग गर्न स्वीकृति दिने ।

१४. उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालयहरूमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूलाई वैदेशिक अध्ययन अनुमति पत्र (नो अब्जेक्सन सर्टिफिकेट) जारी गर्ने कार्य पुनः सुचारू गर्ने ।

१५. शिक्षा तथा मानव स्रोत विकास केन्द्र -विद्यार्थी वित्तीय सहयोग कार्यक्रममा आ.व. ०७७–०७८ मिति २०७७–४–१ देखि मिति २०७७–९– १६ तदनुसार ३१ डिसेम्बर २०२० सम्मका लागि अधिकृतस्तरका तीन अस्थायी पदको दरबन्दी सिर्जना गर्ने ।

१६. सर्वोच्च अदालत र मातहतका उच्च अदालतहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने ।

१७. नेपाल प्रशासन सेवा, राजपत्रांकित प्रथम श्रेणीका सहसचिव श्री उदयबहादुर रानामगर र सहसचिव श्री नवराज ढकाललाई परराष्ट्र मन्त्रालय वा अन्तर्गत सरुवा गर्ने ।

१८. गृह मन्त्रालयको उत्तर पश्चिममा रहेको खाली जग्गामा सिंहदरबारको सीमा पर्खालबाट न्यूनतम १० मिटर चौडाइको ग्रिन बेल्ट कायम गर्ने गरी ४३ रोपनी ६ आना जग्गा चण्डीदल गणलाई उपलब्ध गराउने ।

१९. लोक सेवा आयोगबाट सिफारिस भएका देहायका व्यक्तिहरूलाई नेपाल स्वास्थ्य सेवाको ११ औं तहको पदमा नियुक्त गर्ने–
– डा.रश्मि शर्मा
– डा.वर्षा थापा
– श्री लिली श्रेष्ठ

२०. विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) दक्षिण पूर्वी–एसिया क्षेत्रीय समितिको ७३ औ बैठक (भर्चुअल सेसन) मा सहभागी हुन माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीको नेतृत्वमा अन्य दुई जनालाई सहभागी हुन स्वीकृति दिने ।

२१. नेपाल स्वास्थ्य सेवा, फार्मेसी समूह, ११ औं तह, प्रमुख औषधि व्यवस्थापक पदमा श्री भरत भट्टराईलाई बढुवा नियुक्ति गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा अन्तर्गत पदस्थापन गर्ने ।

२२. नेपाल चेम्बर अफ कमर्सको (सातौं संशोधन) विधान, २०७७ स्वीकृत गर्ने ।