सुदूरपश्चिम सरकारले सागमा पदक जित्नेलाई सम्मान गर्ने

सुदूरपश्चिम सरकारले सागमा पदक जित्नेलाई सम्मान गर्ने
Spread the love

धनगढी, मंसिर २६ (ई–रैवार)

सुदूरपश्चिम प्रदेश सरकारले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीहरूलाई सम्मान स्वरुप १ लाखसम्म नगद पुरस्कार दिने भएको छ ।
सुदूरपश्चिम प्रदेशवाट राष्ट्रको प्रतिनिधित्व गर्दै सागमा पदक विजेताहरुलाई सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सम्मान स्वरुप पुरुस्कृत गर्ने घोषणा गरेको उनका प्रमुख स्वकीय सचिव शिवसिं ओलीले जानकारी दिए ।
उनका अनुसार साग खेलकूदमा स्वर्ण विजेता खेलाडीलाई १ लाख, रजत विजेतालाई ५० हजार र काश्य विजेतालाई ३० हजार नगदसहित सम्मान गरिने छ । ‘खेलाडीहरूको उत्प्रेरणा बढाउने उद्देश्यले मुख्यमन्त्री ज्यूले घोषणा गर्नुभएको हो’ उनले भने, ‘सबै प्रक्रिया पुरा गरेर सामाजिक विकास मन्त्रालयबाट रकम हस्तान्तरण गरिने छ ।’